उषाकिरणले मागिन् अध्यक्ष ओलीको राजीनामा

  • कालिका खवर
  • शुक्रबार, अशोज ३१, २०८२
  • काठमाडौँ : नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्। शुक्रबार बिहानबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले यस्तो माग गरेकी हुन्। उनले यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै नसकिने भन्दै ओलीको राजीनामा मागिन्।

    आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन भएको बताउँदै उनले त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण रहेको जिकिर गरिन्। उनले कांग्रेसमा पुनर्गठन सुरु भइसकेको र अब पालो एमालेको आएको बताइन्।

    ‘अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ। यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन। यहाँले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जानेछ कमरेड ओली,’ उनले बैठकमा भनिन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar