उपाध्यक्ष श्रीकृष्ण थपलिया पुनः उपाध्यक्ष पदमा, “अनुभव र नेतृत्वलाई ठमेलको विकासमा समर्पित गर्छु”

  • कालिका खवर
  • बिहिबार, असार २५, २०८३
  • काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट श्रीकृष्ण थपलिया उपाध्यक्ष पदका उम्मेदवार बनेका छन्। परिषद्का हालका उपाध्यक्ष रहेका थपलियाले यसअघि कार्यबाहक अध्यक्षको जिम्मेवारी समेत सफलतापूर्वक सम्हालिसकेका छन्। संस्थागत नेतृत्व र व्यवस्थापनमा हासिल गरेको अनुभवलाई निरन्तरता दिँदै परिषद्लाई अझ प्रभावकारी र व्यवसायीमैत्री संस्था बनाउने उद्देश्यसहित उनले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
    लामो समयदेखि ठमेलको पर्यटन तथा व्यवसायिक गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिएका थपलियाले परिषद्मार्फत व्यवसायीका हकहितको संरक्षण, पर्यटन प्रवर्द्धन र ठमेलको समग्र विकासका लागि निरन्तर काम गर्दै आएको बताए। उनले परिषद्को संस्थागत क्षमता अभिवृद्धि, निजी क्षेत्रसँग सहकार्य तथा पर्यटनमैत्री वातावरण निर्माणलाई आगामी कार्यकालको प्रमुख प्राथमिकता बनाउने उल्लेख गरे।

    उपाध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण थपलियाले भने, “उपाध्यक्ष र कार्यबाहक अध्यक्षका रूपमा काम गर्दा संस्थाको नेतृत्व, निर्णय प्रक्रिया र व्यवसायीका अपेक्षालाई नजिकबाट बुझ्ने अवसर पाएँ। अब त्यो अनुभवलाई अझ प्रभावकारी रूपमा उपयोग गर्दै परिषद्लाई पारदर्शी, उत्तरदायी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन प्रतिबद्ध छु। ठमेलको पर्यटन, व्यवसायीको हित र संस्थागत सुशासनलाई सुदृढ बनाउनु नै मेरो मुख्य लक्ष्य हो।”
    थपलियाले परिषद्भित्र आपसी समन्वय, सदस्य व्यवसायीसँग नियमित संवाद, पर्यटन प्रवर्द्धनका नवीन कार्यक्रम तथा सरकारी र निजी क्षेत्रसँग सहकार्य विस्तार गर्दै ठमेललाई अन्तर्राष्ट्रिय स्तरको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित गर्न आफूले सक्रिय भूमिका खेल्ने बताए।

    उनले अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानल अनुभवी, सक्षम र व्यवसायप्रति प्रतिबद्ध टोली भएको उल्लेख गर्दै परिषद्लाई नयाँ ऊर्जा, स्पष्ट कार्ययोजना र परिणाममुखी नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरे।
    आगामी २०८३ असार २७ गते हुने निर्वाचनमा व्यवसायीको हितलाई केन्द्रमा राखेर काम गर्ने सक्षम नेतृत्व चयन गर्न सम्पूर्ण सदस्य व्यवसायीलाई आग्रह गर्दै उपाध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण थपलियाले आफ्नो पक्षमा अमूल्य मत प्रदान गर्न हार्दिक अपिल गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar