त्रिवेणी सिन्थेटिकले विद्युत् बक्यौताको पहिलो किस्ता बुझायो, लाइन पुनः जडान

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेको त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रा.लि. ले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको विद्युत् प्रिमियम महसुलको बक्यौता रकम तिरेको छ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, पहिलो किस्ता बुझाएपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत् लाइन बिहीबार साँझ पुनः जडान गरिएको हो।

    त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो।

    कुल ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको कम्पनीले उक्त रकमलाई २८ किस्तामा विभाजन गरी तिर्ने व्यवस्था गरेको छ। सोअनुसार कम्पनीले १५ लाख ७१ हजार रुपैयाँ पहिलो किस्ताका रूपमा बुझाएको प्राधिकरणले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar