ट्रिप टर्बोद्वारा ट्राभल मेला २०२५ सुरु, यात्रुहरूलाई रोमाञ्चक अफर र गिभअवे

  • कालिका खवर
  • सोमवार, भदौ १६, २०८२
  • काठमाडौं । नेपालको सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशकै सबैभन्दा ठूलो अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण ‘ट्राभल मेला २०२५’ सुरु गरेको घोषणा गरेको छ। महोत्सव आगामी सेप्टेम्बरदेखि अक्टोबर २०२५ सम्म सञ्चालन हुने छ।

    यो डिजिटल–फस्र्ट महोत्सवमा आकर्षक ट्राभल अफर, साप्ताहिक फ्ल्यास सेल र रोमाञ्चक गिभअवे समावेश गरिएको छ। सहभागीहरूमध्ये एक भाग्यशाली विजेताले बैंककको राउन्डट्रिप फ्लाईट जित्ने अवसर पाउनेछन्।

    “ट्राभल मेला २०२५ मार्फत हाम्रो उद्देश्य ट्राभल सबैका लागि सजिलो, रोमाञ्चक र फलदायी बनाउनु हो,” ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईले बताए। “विशेष छुटदेखि बैंकक गेटअवे जस्ता उपहारसम्म, हामी नेपालभरका यात्रुहरूलाई अझ बढी अन्वेषण गर्न, बचत गर्न र यात्राको आनन्द लिन थप कारण दिइरहेका छौं,” उनले जोड दिए।

    महोत्सवमा सहभागीहरूका लागि विभिन्न पुरस्कारहरू तय गरिएको छ। जसमा बैंकक राउन्डट्रिप फ्लाईट, हवाई बलुन राईड, हाईग्राउन्ड एड्भेन्चर्सका जिपलाइन, बञ्जी, स्काइ स्क्रिमर र एटीभी राईड समावेश छन्। साथै बुद्ध एयर माउण्टेन फ्लाईट, पोखरा फ्लाईट, १ रात/२ दिनको लक्जरी बसाई त्रिशूली भिल्लामा, स्काइवाक, प्याडल नेपाल स्ट्यान्ड अप प्याड्लिङ, फन ल्याण्ड आईस स्केटिङ पास लगायतका अनुभवात्मक उपहारहरू उपलब्ध हुनेछन्।

    यात्रुहरूले महोत्सव अवधिभर विभिन्न गतिविधिहरूमा ५०% सम्म छुट पाउनेछन्। अल्ट्रालाइट फ्लाईट, प्याराग्लाइडिङ, बञ्जी, राफ्टिङ, क्यानोनीङ, एटीभी (क्वाड बाइक) लगायतका साहसिक गतिविधिहरूमा रु. ६,५०० सम्म छुट पाउन सकिनेछ। त्यस्तै फायर सेल अवधिमा बस र उडानमा रु. ३०० सम्म छुट पाउने अवसर समेत हुनेछ।

    ट्रिप टर्बो प्रयोगकर्ताले आफ्ना टीटी क्वेन्स (लोयल्टी पोइन्टस्) प्रयोग गरी थप छुट र फ्रीबी प्राप्त गर्न सक्नेछन्। जसअन्तर्गत उडानमा रु. ३०० छुट, बसमा रु. १०० छुट, नि:शुल्क क्यूएफएक्स चलचित्र टिकट, फूडमान्डू अर्डरमा रु. ५०० सम्म छुट, बिगमार्टमा रु. ५०० सम्म छुट र अल्टिमा प्रोडक्टमा रु. ७०० सम्म छुट उपलब्ध हुनेछ। साथै हवाई बलुन राईड, प्याराग्लाइडिङ, एटीभी राईड र त्रिशूली भिल्ला बसाईमा समेत रु. १,३५० सम्म छुट पाउन सकिने छ।

    महोत्सव अवधिभर ट्रिप टर्बो प्लेटफर्ममार्फत कुनै पनि उडान, बस वा गतिविधि बुक गर्ने सबै ग्राहकहरू स्वचालित रूपमा गिभअवेमा सहभागी हुने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar