सुनसरीमा सवारी दुर्घटना, अटो चालकको मृत्यु

  • कालिका खवर
  • बुधबार, मंसिर २४, २०८२
  • सुनसरी । सुनसरीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।  धरान उपमहानगरपालिका–१९ मिलन चोकस्थित सडकमा को–१ क ७८२ नम्बरको बस र को.१ ह ८७७४ नम्बरको अटो एक आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा

    अटो चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–१९ एकता मार्ग बस्ने २४ वर्षीय निमेष भुजेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

    साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar