सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनित

  • कालिका खवर
  • शनिबार, मंसिर २७, २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनित भएकी छन् ।

    एमालेको शुक्रबार बसेको सचिवालय बैठकले महाधिवेशनमा सहभागी हुने १ सय ८ प्रतिनिधि मनोनित गर्दा डंगोल पनि परेकी हुन् । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनित प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् ।

    डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट मनोनित भएकी हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar