सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी

  • कालिका खवर
  • बुधबार, कार्तिक ५, २०८२
  • काठमाडौं, ५ कात्तिक । सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी अघि बढाउने भएको छ । आज नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला काकीले यसबारे जानकारी गराएकी हुन् ।

    उनले सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएकि छन् । ‘नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनिन ।

    नेपाल संवत्लाई नेपाली नोटमा समावेश गराइने शंखधरलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएका थियो । प्रधानमन्त्री कार्कीलेसाःख्वाको उक्त निर्णय ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक भएको बताउँदै सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिल्ने बताइन् ।

    ‘आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋणमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो । यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो,’ उनले भनिन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar