सरकारले हामीलाई तर्साउन खोज्यो : वर्षमान पुन

  • कालिका खवर
  • शनिबार, कार्तिक १, २०८२
  • काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले जेनजी आन्दोलनलाई अत्मसाथ गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले माओवादीका नेता, कार्यकर्ता, विद्यार्थीलाई सरकारका तर्फबाट तर्साउने काम भइरहेको जानकारी दिए ।

    उनले सरकारले भदौ २३ गतेको जेन—जी आन्दोलनमा हत्या गर्ने, सत्तामा हालिमुहाली गर्ने बिचौलियाहरूलाई कारबाही गर्न नसकेको बताए । उनले माओवादी केन्द्र र पूर्वअध्यक्ष पुष्पकमल दाहाललाई अनुसन्धानको नाममा तर्साउन खोजेको उनको भनाई छ । उनले यस प्रकारको प्रवृत्ति स्वीकार्य नहुने बताए । उनले भने ‘हामी निर्वाचनमा जान्छौँ, जनमतमा जान्छौँ, एजेण्डासहित जान्छौँ । हामी जेन—जीका बलिदानलाई सार्थक बनाउनेगरि जान्छौँ ।

    तर यसमा हामीलाई टार्गेट गर्ने, २३ गते त्यत्रा दर्जनौँ नानीहरूको हत्या गर्नेहरूलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने बिचौलियाहरूलाई केही नगर्ने, अनि गएर प्रचण्ड कमरेडतिर गएर तेर्साउन खोज्ने रु हाम्रा कोही नेतातिर तेर्साउन खोज्ने हामी स्वीकार्दैनौँ । यस प्रकारका बेठिक प्रवित्ति हामी स्वीकार्दैनौँ ।’ उनले माओवादी शान्ति, लोकतन्त्र र आजको भन्दा प्रगति चाहने पार्टी भएको बताए । उनले माओवादीलाई हेप्न खोज्ने प्रवृत्ति त्याग्न पनि आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar