सरकारबाट जनता आश्वस्त होइन, सन्त्रस्त बन्ने खालको परिवेश सिर्जना भयो : शंकर पोखरेल

  • कालिका खवर
  • आइतवार, साउन ३, २०८३
  • काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारबाट जनता आश्वस्त हुन नसकेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले जनताले अत्यन्त लोकप्रिय जनादेश दिइसकेपछिको सरकारबाट जनता आश्वस्त हुने होइन, सन्त्रस्त बन्ने खालको परिवेश सिर्जना भएको बताएका हुन् ।

    त्यो परिवेशभित्र एमालेले आफ्नो संसदीय दलको काम प्रभावकारी बनाउन सक्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘जनताले अत्यन्त लोकप्रिय जनादेश दिइसकेपछिको सरकारबाट जनता आश्वस्त हुने होइन, सन्त्रस्त बन्ने खालको जो परिवेश सिर्जना भएको छ, त्यो परिवेशभित्र हामी हाम्रो संसदीय दलको काम प्रभावकारी बनाउन सक्नुपर्छ।’ सरकारले नागरिकहरूका पीडामाथि पीडा थप्ने काम गरेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar