सर्वपक्षीय सरकार गठन गरेरमात्र चुनावमा जानुपर्छ : दुर्गा प्रसाईं

  • कालिका खवर
  • बुधबार, फाल्गुन १३, २०८२
  • काठमाडौँ : नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सर्वपक्षीय सहमति कायम गरेर सर्वपक्षीय सरकार गठन गरेरमात्र चुनावमा जानुपर्ने बताएका छन् । आज थुनामुक्त भएपछि प्रसाईंले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘अब समय आएको छ,पहिले राजसंस्थासहितको हिन्दु अधिराज्य स्थापना, “संघीयता तथा प्रदेश खारेज” जस्ता विषयमा संविधान संशोधनका लागि सर्वपक्षीय सहमति कायम गरी सर्वपक्षीय सरकार गठन गरेर मात्र चुनावमा जानुपर्छ। देशभन्दा ठूलो केही छैन। जय देश ।’

    उनले आफूलाई देशको माया भएकोले अन्तिम सास रहुन्जेल बोलिरहने बताएका छन् । बरु, देश बचाउनका लागि थुनामा बस्नुपरे पनि आफू तयार रहेको उनको भनाई छ । उनले भनेका छन्,‘बोल्न पाउने भनेर ल्याइएको व्यवस्थामै बोलेकै कारण थुनिनुपर्छ भने त्यो पनि स्वीकार छ। तर याद राख्नुहोस्, कति थुन्न सक्छौ,कति आवाज दबाउछौ रु न्यायालय जलाउन सकेउ होला । तर न्याय कहिल्यै जलाउन सक्दैनौ । न्याय मरेको छैन, मर्न दिइने छैन। देश र राष्ट्रिय अस्मिताको पक्षमा आवाज उठिरहनेछ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar