सर्वोच्चको फैसला नआएसम्म गगनलाई सभापति मान्दैनौं : रणबहादुर रावल

  • कालिका खवर
  • बुधबार, चैत्र १८, २०८२
  • काठमाडौं : नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्चको फैसला नआएसम्म आधिकारिक मान्न नसकिने बताएका छन् । बुधबार खड्का–कोइराला समूहले आयोजना गरेको छलफलस्थलमा पत्रकारसँग कुराकानी गर्दै रावलले तत्कालीन केन्द्रीय समितिको आह्वानबेगर भएको विशेष महाधिवेशन वैधानिक नै नभएको बताएका हुन् ।

    ‘तत्कालीन महामन्त्री गगन थापालगायत साथीहरूले एक किसिमको भेला गरेर एउटा समिति बनाएता पनि वास्तवमा हामीले सर्वोच्च अदालतको निर्णय नआएसम्म हामीले वैधानिक मानेका छैनौँ,’ नेता रावलले भने ।

    सोही कारण तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दिएको उनले बताए । उनले भने, ‘सर्वोच्च अदालतमा मुद्दा छ । त्यसको छिटो छिनोफानो होस् भन्ने हामीले चाहेका छौँ ।’

    विशेष महाधिवेशन विधिविधान विपरीत भएको उनले दाबी गरे । ‘विधि विधानले नभएर एउटा हुल र भेलाले गरेको एउटा कमिटी भएकाले हाम्रो वैचारिक द्वन्द्व छ,’ उनले भने, ‘उहाँहरूले जे गर्नुभएको छ, त्यसलाई निर्वाचन आयोगले सही हो भन्दिएको अवस्था छ, अध्ययन नगरेरै ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar