सर्लाहीमा गोली लागेर एक बालक घाइते

  • कालिका खवर
  • बिहिबार, फाल्गुन ७, २०८२
  • सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा आज दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् । मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा १५ वर्षीय आकाश राम घाइते भएका हुन् ।

    घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाशले खोलेर हेरेका थिए ।

    नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए ।

    गोली उनको दाहिने हातको पन्जामा लागेको छ । उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । चिकित्सकका अनुसार उनको अवस्था मध्यम छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar