सिंहदरबार प्रवेश नपाएपछि मिराजसहित जेनजीले गेटमै टाँसे मागपत्र

  • कालिका खवर
  • सोमवार, मंसिर ८, २०८२
  • काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन सिंहदरबार पुगेका जेन-जीका २१ समूहका अगुवाहरू प्रवेश अनुमति नपाएपछि दक्षिण गेटमै मागपत्र टाँसेर फर्किएका छन् । मिराज ढुंगाना, रविकिरण हमाललगायतका युवा अगुवाहरूले सरकारको उदासीनताप्रति असन्तोष व्यक्त गर्दै गेटमै मागपत्र टाँसेका हुन् ।

    आन्दोलनकारी युवाहरूले लाखौँ जनताको विद्रोह केवल ०८४ सालको चुनाव ०८२ सालमै गराउनका लागि नभएको जिकिर गर्दै, दर्ताबार दल, पूर्वसांसद तथा पूर्वमन्त्रीहरूको चल–अचल सम्पत्ति रोक्का र छानबिनका लागि शक्तिशाली आयोग गठन गर्न माग गरेका छन्।

    जेन९जीका समूहहरूले कार्की सरकारले माग सम्बोधन गर्न असमर्थ रहेको निष्कर्ष निकाल्दै ७ दिनको अल्टिमेटम दिएका छन्। माग बेवास्ता भए आफूले समर्थन गरेर उभ्याएको सरकार गठनमा गल्ती भएको स्वीकार गर्दै पुनः संघर्षमा जाने उनीहरूको चेतावनी छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar