सिद्धार्थ बैंकले असोज २८ गते २५औँ वार्षिक साधारण सभा बोलायो

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आगामी असोज २८ गते बुधबार आफ्नो २५औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेदेखि सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरिएको लाभांश प्रस्ताव पारित गर्नेछ। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव सभामा पेस गर्नेछ।

    त्यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई १३६ दिनको समानुपातिक आधारमा ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावसमेत पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिन बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार असोज १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar