सिद्धार्थ बैंकको २४औँ साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिक साधारणसभा आइतबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअन्तर्गत ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) सेयरधनीहरूले प्राप्त गर्नेछन्।

    साधारणसभाले सञ्चालक समितिको भत्ता तथा सुविधामा आवश्यक थप तथा हेरफेर गरी नियमावली संशोधन गर्ने, साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पनि सर्वसम्मतिले पारित गरेको छ।

    सभामा सहभागी सेयरधनीहरूले बैंकको व्यवस्थापन तथा सञ्चालक समितिप्रति खुलेर प्रशंसा व्यक्त गर्दै आगामी आर्थिक वर्षमा लाभांश दर अझ वृद्धि गर्न आग्रह गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar