शनिबार पनि सञ्चालनमा रहने भयो आरटीजीएस सेवा

  • कालिका खवर
  • शुक्रबार, कार्तिक १४, २०८२
  • काठमाडौं । ठूलो रकमको विद्युतीय भुक्तानी प्रणाली रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) सेवा शनिबार पनि सञ्चालनमा रहने भएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणाली भोलि अर्थात् कात्तिक १५ गते पनि सञ्चालनमा रहनेछ । भुक्तानी प्रणाली विभागका अनुसार यो सेवा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछ ।

    आरटीजीएस प्रणाली मुख्यतया ठूलो मूल्यका र तुरुन्तै सेटल गर्नुपर्ने कारोबारका लागि प्रयोग गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको आपसी भुक्तानी, संस्थागत कारोबार र उच्च मूल्यका रकम स्थानान्तरणमा यो प्रणाली नियमित रूपमा प्रयोग हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar