शिक्षक लक्षित दुई दिने कार्यशाला तालिम सम्पन्न, ३१ विद्यालयका १६३ जनाको सहभागिता

  • कालिका खवर
  • शनिबार, भदौ १४, २०८२
  • वीरगंज – प्याब्सन पर्साको आयोजनामा तथा ओ.आई. पब्लिकेसनको सहकार्यमा वीरगन्जस्थित मकालु होटलमा पूर्व–प्राथमिक तहका शिक्षक–शिक्षिकामुखी दुई दिने कार्यशाला तालिम सफलतापूर्वक सम्पन्न भएको छ। भदौ १३ र १४ गतेसम्म सञ्चालन भएको तालिममा प्याब्सनमा आबद्ध ५३ विद्यालयमध्ये ३१ विद्यालयका १६३ शिक्षक–शिक्षिकाले सक्रिय सहभागिता जनाए।

    तालिमको समापन सत्रमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षता तथा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। प्रशिक्षक सुशिला श्रेष्ठ र तालिम संयोजक मनिषा सुनुवार श्रेष्ठले तालिम सञ्चालन गरेका थिए।

    आयोजकका अनुसार, खेलकुद, सिर्जनशीलता र प्रविधिमार्फत सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास लिइएको छ। “Let all the private and boarding schools be united” भन्ने नाराका साथ प्याब्सन पर्साले बालमैत्री तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar