श्रीमतीको हत्या गर्ने ५६ वर्षीय श्रीमान पक्राउ

  • कालिका खवर
  • आइतवार, साउन ३, २०८३
  • संखुवासभा, ३ असार। आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै श्रीमती ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको अभियोगमा ती ब्यक्ति पक्राउ परेका हुन ।

    मादी नगरपालिका–४ डाँडागाउँ बस्ने चैनपुर नगरपालिका–७ घर भएका ५६ वर्षीय अमर बहादुर सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

    घरायसी विवादको क्रममा अमर बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी फुलमायाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मङ्गलबारे मादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar