श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ४, २०८२
  • काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका-६ पानीटंकीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु भएको छ । वर्ष ५५ को बुद्धसिं वाइबालाई घरायसी बिबादको कारण श्रीमती वर्ष ४८ की राधिका वाइबाले यही कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरी घाइते गराएकोमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

    ढुंगाले टाउकोमा प्रहार गरी घाइते भएका बुद्धसिंको सिन्धुली अस्पताल तथा थप उपचारको लागि सोही दिन बाँसबारी न्युरो अस्पतालमा लगिएको थियो । अस्पतालबाट चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएका थिए । घर फिर्ता भएपछि सिराहाको कर्जन्हा नगरपालिका-५ स्थित ससुरालीमा राखिएको थियो । ढुंगा प्रहार गर्ने श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar