सदस्य पदमा मीरा अधिकारी, ‘महिला सहभागिता र व्यवसायीको हितका लागि सक्रिय भूमिका खेल्छु’

  • कालिका खवर
  • शुक्रबार, असार २६, २०८३
  • काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट मीरा अधिकारी सदस्य पदकी उम्मेदवार बनेकी छन्। पर्यटन तथा व्यवसायिक क्षेत्रको विकासमा महिला नेतृत्वको भूमिका थप प्रभावकारी बनाउन र परिषद्लाई सबै व्यवसायीको साझा संस्थाका रूपमा स्थापित गर्ने उद्देश्यसहित उनले उम्मेदवारी दिएको बताएकी छन्।

    अधिकारीले ठमेल नेपालको प्रमुख पर्यटकीय केन्द्र भएकाले यसको विकासमा व्यवसायी, स्थानीय समुदाय र सरोकारवाला निकायबीचको सहकार्य अपरिहार्य रहेको बताइन्। उनले परिषद्ले व्यवसायीका साझा समस्या समाधान, पर्यटन प्रवर्द्धन, सरसफाइ, सुरक्षा र व्यवसायमैत्री वातावरण निर्माणमा अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने धारणा व्यक्त गरिन्।

    सदस्य पदकी उम्मेदवार मीरा अधिकारीले भनिन्, “ठमेलको विकासमा महिला व्यवसायीको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। परिषद्मा निर्वाचित हुने अवसर पाएँ भने महिला उद्यमीको सहभागिता बढाउने, सबै व्यवसायीका समस्या सुन्ने र समाधानका लागि संस्थागत पहल गर्नेछु। परिषद्लाई पारदर्शी, समावेशी र परिणाममुखी संस्था बनाउन मेरो सक्रिय भूमिका रहनेछ।”

    उनले पर्यटन व्यवसायको दिगो विकासका लागि व्यवसायीबीचको एकता, सेवा गुणस्तर अभिवृद्धि र पर्यटकमैत्री वातावरण निर्माणमा विशेष जोड दिनुपर्ने बताइन्। साथै, परिषद्का गतिविधिमा सबै सदस्यको सहभागिता सुनिश्चित गर्दै संस्थालाई थप उत्तरदायी र विश्वासिलो बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन्।

    मीरा अधिकारीले अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानल अनुभवी, सक्षम र व्यवसायीको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै यो टोलीले ठमेलको पर्यटन र व्यवसायिक वातावरणलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिन्।

    आगामी २०८३ असार २७ गते हुने निर्वाचनमा सक्षम, समावेशी र व्यवसायीमैत्री नेतृत्व चयन गर्न सम्पूर्ण सदस्य व्यवसायीलाई आग्रह गर्दै सदस्य पदकी उम्मेदवार मीरा अधिकारीले आफ्नो पक्षमा अमूल्य मत प्रदान गर्न  अपिल गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar