साढे चार सय हैजा सङ्क्रमित उपचारपछि घर फर्किए

  • कालिका खवर
  • शुक्रबार, भदौ १३, २०८२
  • वीरगञ्ज (पर्सा), १३ भदौ । वीरगञ्जका अस्पतालमा भर्ना भएका करिब साढे चार सय हैजा सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्केका छन् । वीरगञ्ज महानगर आसपासमा हैजा सङ्क्रमण फैलिएपछि यहाँका १८ वटा अस्पतालमा उपचारपछि घर फर्किएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आज विहान १० बजेसम्म हैजा सङ्क्रमित ६७६ जना अस्पतालमा भर्ना भएका थिए । “अहिले यहाँका विभिन्न अस्पतालमा हैजा सङ्क्रमित ३२ जना विरामी सघन उपचार कक्ष (आइसियू)मा उपचारत हुनुहुन्छ भने सात जना उच्च हेरचाह कक्ष (एचडियू)मा उपचाररत हुुनुहुन्छ”, उहाँले भन्नुभयो, “यहाँका डेढ दर्जन अस्पतालको जनरल वार्डमा १८९ विरामी छन् ।”

    साथै वीरगञ्ज आसपासमा २२८ हैजाका बिरामी उपचारत छन् । स्वास्थ्य कार्यालय पर्साका अनुसार १५२ वटा नमुना आरडिटीमार्फत कोलेरा जाँच गर्दा हैजाका सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये ७६ जना डिस्चार्ज तथा रेफर भएका छन् भने ७४ जनामा सङ्क्रमण देखिएको छ । यहाँका ३२ वटा बिरामीको दिसाको नमुना ‘कल्चर’ जाँचका लागि पठाइएका मध्ये २० जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar