रसुवाको आमाछोदिङ्मो गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको बजेट सार्वजनिक, कृषि–पर्यटनदेखि पूर्वाधार विकाससम्म उच्च प्राथमिकता

  • कालिका खवर
  • शनिबार, असार ६, २०८३
  • रसुवा। रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ करोड ९ लाख ३४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

    शुक्रबार सम्पन्न गाउँसभाको २०औँ अधिवेशन मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार उक्त बजेट प्रस्तुत गरिएको हो। गाउँपालिकाले बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी तथा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ।

    गाउँपालिकाका अनुसार स्थानीय स्रोत, साधन तथा सम्भावनाको अधिकतम उपयोग गर्दै नागरिकको जीवनस्तर उकास्ने उद्देश्यका साथ विभिन्न विकासमुखी कार्यक्रम तथा योजनाहरू बजेटमा समावेश गरिएको छ। उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक विकास र दिगो पूर्वाधार निर्माणमार्फत स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउने लक्ष्य पनि बजेटले लिएको छ।

    गाउँपालिका अध्यक्ष बुचुङ तामाङले समृद्ध गाउँपालिका निर्माण, प्रभावकारी सेवा प्रवाह तथा स्थानीय उत्पादनको प्रवर्द्धनलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको बताए। उनका अनुसार कृषि तथा पशुपालनमार्फत आयआर्जन वृद्धि, पर्यटन क्षेत्रको विकास, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइएको छ।

    अध्यक्ष तामाङले चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनाहरूलाई निरन्तरता दिँदै अधुरा आयोजनाहरूलाई पूर्णता दिने र नागरिकका आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको जानकारी दिए।

    गाउँपालिकाले आगामी आर्थिक वर्षमा उत्पादनमुखी कार्यक्रम विस्तार, स्थानीय स्तरमा रोजगारी सिर्जना, सामाजिक विकासलाई गति दिने तथा दिगो पूर्वाधार निर्माणमार्फत आर्थिक गतिविधि बढाउँदै समावेशी र दिगो विकासको लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar