राष्ट्रपति पौडेल कतार प्रस्थान

  • कालिका खवर
  • सोमवार, कार्तिक १७, २०८२
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतारतर्फ प्रस्थान गरेका छन् ।

    बिहान करिब ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका राष्ट्रपति पौडेल ‘सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन दोहा गएका हुन् ।

    राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलले कात्तिक २० गतेसम्म कतारमा औपचारिक भ्रमण गर्ने कार्यक्रम छ । सरकारले गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत उक्त भ्रमण स्वीकृत गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar