राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले क्षेत्र १ का उम्मेदवारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • आइतवार, माघ १८, २०८२
  • वीरगंज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले क्षेत्र नं. १ का सक्रिय सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पर्साका सबै चारै क्षेत्रका रास्वपाका उम्मेदवारहरूलाई कसको कस्तो भूमिका हुनुपर्छ भन्ने विषयमा गहन छलफल भएको थियो।

    छलफलमा विभिन्न तह र समूहका सदस्यहरूले फरक–फरक दृष्टिकोण र सुझाव प्रस्तुत गरेका थिए। यस क्रममा उठेका सुझावहरूलाई सम्बोधन गर्दै पर्सा सभापति तथा क्षेत्र १ का उम्मेदवार हरि पन्तले पार्टीले सबै जायज सुझावहरूलाई सहर्ष ग्रहण गर्ने बताउनुभयो। उहाँले आगामी फाल्गुन २१ गते नेपाली जनताले भ्रष्टाचार, कुशासन, अनियमितता, नातावाद र कृपावाद विरुद्धको विद्रोहलाई ब्यालेटमार्फत जवाफ दिने अपेक्षा व्यक्त गर्नुभयो।

    सभापति पन्तले कार्यक्रममा उल्लेखनीय पार्टी सदस्यहरूको उपस्थितिले आफ्नो र पार्टीको हिम्मत बढाएको बताए र पर्साका चारै क्षेत्रमा रास्वपाको जित सुनिश्चित भएको उल्लेख गर्नुभयो।

    कार्यक्रममा सयौं रास्वपा शुभेच्छुकको सहभागिता रहेको थियो। जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्या, फैयाद मिया लगायतका नेताहरूले पनि कार्यक्रममा उपस्थिति जनाएका थिए। सहसचिव कृष्ण पासवानले कार्यक्रम संचालन गर्नु भएको थियो भने महानगर सभापति अमन आलमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar