रास्वपालाई विश्वास नै गर्न नसकिने भो : खुश्बु ओली

  • कालिका खवर
  • शुक्रबार, चैत्र २७, २०८२
  • काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति विश्वास गर्न नसकिने उदाहरण स्थापित भएको टिप्पणी गरेकी छन्।

    उपसभामुख निर्वाचनमा सहयोग गर्ने वचन दिएर पनि अन्ततः अर्कै उम्मेदवारतर्फ समर्थन गएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन्।उपसभामुख पदका लागि राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुर उम्मेदवार रहेका छन्। लामाको पक्षमा समर्थन जनाउँदै ओलीले यस्तो धारणा राखेकी हुन्।

    रास्वपाले सहयोग गर्ने प्रतिबद्धताका आधारमा उम्मेदवारी दर्ता गरिएको उल्लेख गर्दै उनले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उदाउँदै गरेको राजनीतिक यात्रामै आफ्नै शब्द र प्रतिबद्धताप्रति विश्वास गर्न नसकिने नजिर प्रस्तुत गरेको छ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar