रास्वपा एनजिओले चलाएको पार्टी हो : रामहरि खतिवडा

  • कालिका खवर
  • शुक्रबार, भदौ १३, २०८२
  • काठमाडौं ।  नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले रवि लामिछाने नेतृत्वको रास्वपालाई एनजिओले चलाएको पार्टीको संज्ञा दिएका छन् । उनले आफूहरु स्थायी राजनीतिको पक्षमा रहेको टिप्पणी गरे ।

    बिहीबार राति प्राइम टिभीबाट प्रसारण भएको कार्यक्रमको कुराकानीमा उनले रास्वपाका नेताहरुलाई अलिक परिपक्व बन्न सुझाव दिएका छन् । उनले रास्वपाले भिजिट भिसा प्रकरणमा सदनमा गरेको आन्दोलनप्रति कडा टिप्पणी गरे ।

    उनले उपसभामुख इन्दिरा रानामगरपनि अहिले भिजिट भिसामा नै बाहिर रहेको सुनाए । उनले उपसभामुख रानाले १७ वटा भिजिट गर्दा सभामुखले ७ वटामात्रै सहमति दिएको सुनेको स्मरण गराए । उनले कुलिङ पिरियड छेडखानीमा आफ्नो कुनै गल्ती नभएको जिकिर गरे । उनले आफू कुलिङ पिरियडको पक्षमा रहेको बताए ।

    उनले नेपालको राजनीतिमा जिवित नेताहरुमध्ये इथिक्स भएको नेतामा शेरबहादुर देउवा रहेको बताए । उनले भने,”उहाँ कहिल्यै ढाँट्नुहुन्न । गलत कुरा बोल्नुहुन्न । बोलेको कुरा पुर्याउनुहुन्छ । यति इमानदार नेता कोही छैन ।” उनले आफूलाई सभापति देउवाले राजीनामा नदिएको भए हुनेथियो भनेर भनेको सुनाए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar