रास्वपा भन्दा बाहिर पनि जान्नेहरु छन् : सभापति थापा

  • कालिका खवर
  • सोमवार, साउन १८, २०८३
  • काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले यस क्षेत्रमा उच्च महत्वाकाङ्क्क्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताएका हुन् ।

    उनले सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्न आग्रह गरे । डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड (ब्याकबोन) बनाउन सकिने सम्भावना औँल्याउँदै उहाँले यसलाई कुनै एक राजनीतिक दलको मात्र नभई साझा एजेण्डा बनाउनुपर्ने बताए ।

    उनले यस क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक नीतिगत र कानूनी सुधारमा संसदमा रहेका सबै दलका सांसदहरू सहयोग गर्न तयार रहेको समेत स्पष्ट पारे । सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन । जान्ने मानिसहरू सरकारबाहिर पनि छन् । निजी क्षेत्रमा काम गरिरहेका साथीहरू अत्यन्त सक्षम र अनुभवी हुनुहुन्छ । मैले पनि उहाँहरूसँग काम गर्ने र सिक्ने अवसर पाएको छु । उहाँहरूको ज्ञान, क्षमता र अनुभव उत्कृष्ट छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar