‘राज्यले विपदसँग जुध्नसक्ने पूर्वाधारमा लगानी गर्नुपर्छ’ : आशिष गजुरेल

  • कालिका खवर
  • सोमवार, अशोज २०, २०८२
  • काठमाडौँ : पूर्वाधार तथा यातायात विज्ञ आशिष गजुरेलले राज्यले प्राकृतिक विपत् व्यवस्थापन र विपद्को सामना गर्न गुणस्तरिय पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले राज्यले नागरिको जिउधनको रक्षा गर्न विपदसँग जुध्न सक्ने पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए ।

    उनले भने, ‘गतवर्ष पनि यस्तै विपद् आएको थियो । यस वर्षपनि ५३ जनाले ज्यान गुमाईसकेका छन् । यो वर्ष राज्यले समयमै मौसम सम्बन्धी पूर्वानुमानका सुचना दिएर क्षतिलाई न्यूनिकरण गरेको छ । तर, सुचना दिएर वा विपद्पछि सार्वजनिक बिदा दिएर मात्रै नहुने भएकाले राज्यले आफ्ना नागरिकको जनधनको रक्षा गर्न विपदसँग जुध्न सक्ने पूर्वाधारमा लगानी गर्नुपर्छ ।’

    सडकमार्गबाट यात्रा गर्ने यात्रुले वर्षेनी जोखिम मोलेर यात्रा गर्दै आएको बताउँदै उनले राजमार्ग बनाउनु भनेको ट्याक खोलेर कालोपत्र गर्नु मात्रै नभएर पहिरो जान नदिन सुरक्षा वाल, सडकबाट पानी बग्ने ड्रिल सिस्टममा पनि राज्यको ध्यान जानुपर्ने उनको भनाई छ । सानो पानी पर्ने वित्तिकै सडकको अवस्था विग्रने गरेकाले एक पटक गरेको लगानी बर्षाेसम्म टिक्ने खालको गुणस्तरिय बनाउन आवश्यक रहेको उनले बताए ।

    हाम्रो देशमा निर्माण भएका प्रमुख राजमार्गहरु प्रायः नदीको किनारमा रहेकाले माथी पहाडबाट खस्ने पहिरो र तल नदीले गरेको कटानका कारण वर्षेनी सडकमार्ग असुरक्षित बन्दै गएको उनको भनाई । सडक निर्माण गर्दा पहाडको भाग धेरै काटिनाले बारम्बार पहिरोको समस्या बल्झिएको भन्दै उनले कम क्षति हुने उपायका साथ सडक निर्माण र क्षति न्यूनीकरणका उपाय अपनाउनुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar