राज्य सञ्चालन अनुहारले होइन विचार र संगठनले हुन्छ : पद्मा अर्याल

  • कालिका खवर
  • बुधबार, पुस १६, २०८२
  • काठमाडौं । नेकपा (एमाले)की सचिव पद्मा अर्यालले अनुहारले नभई संगठन र विचारले राज्य सञ्चालन हुने बताएकी छन् । वैकल्पिक शक्तिहरु बीचको गठबन्धन भइरहेका बेला अर्यालले सामाजिक सञ्जालमा लेख्दै इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीति दीर्घकालीन नहुने स्पष्ट पारिन् । ‘इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक दीर्घकालीन हुँदैन’ अर्यालले लेखेकी छन् ।

    अर्यालले एकताका नाममा परिवर्तनकारी दलहरुलाई विस्थापन गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन कमजोर बनाउने उल्लेख गरिन् । ‘कथित एकताका नाममा परिवर्तनकारी दलहरुलाई विस्थापित गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन कमजोर बनाउँछ’ अर्यालको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar