पूर्वमन्त्री खड्का र शर्माको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पौडेलको इजलासमा

  • कालिका खवर
  • बुधबार, चैत्र १८, २०८२
  • काठमाडौं । सम्पत्ति शुद्वीकरणको मुद्दामा पक्राउ परेका पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिटको आज सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेशी तोकिएको हो ।

    पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए ।

    एमालेको लुम्बिनी प्रदेश सांसद शर्मा नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिका विरूद्धको कसुर गरेको आरोपमा पक्राउ परेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar