पुराना र भ्रष्टीकृत दललाई टाउको उठाउन दिनुहुन्न : भट्टराई

  • कालिका खवर
  • बिहिबार, अशोज ९, २०८२
  • काठमाडौ : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना र भ्रष्टीकृत भइसकेका दलहरुलाई फेरि टाउको उठाउन दिन नहुने बताएका छन् । नेसपा (नयाँ शक्ति) को अध्यक्षबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने बताएका हुन् ।

    ‘भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न,’ भट्टराईले भने, ‘नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ ।’ उनले पुराना र थोत्रा पार्टीहरु सच्चिने सम्भावना नरहेको बताए । बरु पुराना पार्टीका नेताहरुले विद्रोह गर्नुपर्ने बताएका छन् ।

    भट्टराईले जेनजी विद्रोह नेपालको मौलिक र जायज आन्दोलन भएको बताए । यद्यपि आन्दोलनका क्रममा परिवर्तन नचाहने र बाह्य शक्तिले चलखेल गर्न खोजेको पनि उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar