पर्सा–२ को चुनावी मैदान रोचक, सुशिल कानुको उदयले युवामा उत्साह

  • कालिका खवर
  • शनिबार, माघ १०, २०८२
  • वीरगंज — पर्सा निर्वाचन क्षेत्र–२ मा प्रतिनिधिसभा सदस्यका लागि बहुपक्षीय चुनावी प्रतिस्पर्धा सुरु भएको छ। परम्परागत रूपमा नेपाली कांग्रेसको बलियो पकड रहेको यस क्षेत्रमा यसपटक विभिन्न दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।

    नेपाली कांग्रेसबाट पूर्वमन्त्री अजय कुमार चौरसिया, नेकपा एमालेबाट रिमादेवी यादव, नेकपाबाट मनोज चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवा उम्मेदवार सुशिल कुमार कानु प्रतिस्पर्धामा छन्।

    विशेषगरी रास्वपाका उम्मेदवार कानु छोटो समयमै राजनीतिक र सामाजिक पहिचान बनाउन सफल बनेका छन्। लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै स्थानीय समस्या समाधानमा प्रत्यक्ष संलग्न भएका कारण उनी मतदाताबीच सहज स्वीकार्यता पाउन थालेका छन्।

    स्थानीयवासीहरूका अनुसार कानुको सामाजिक पृष्ठभूमि र युवामैत्री दृष्टिकोणले चुनावी प्रतिस्पर्धामा नयाँ ऊर्जा थपेको छ। यस क्षेत्रको चुनावी अभियानमा “घण्टी र बालेन प्रधानमन्त्री बनाऔँ” भन्ने युवाहरूको अभियानले पनि कानुको लोकप्रियता बढाएको विश्लेषकहरूको भनाइ छ।

    परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कृतिको मागसँगै पर्सा–२ को प्रतिनिधिसभा निर्वाचन थप रोचक बन्दै गएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar