पर्सा–१ मा जनमत पार्टीको घरदैलो अभियान तीव्र, वीरगंज–१६ मा ओमप्रकाश सरार्फको भव्य स्वागत

  • कालिका खवर
  • सोमवार, माघ १२, २०८२
  • वीरगंज – पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज महानगरपालिका वडा नम्बर–१६ को इनर्वा दक्षिण टोलमा भव्य भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

    कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उम्मेदवार सरार्फलाई फूलमाला र नाराबाजीसहित भव्य स्वागत तथा सम्मान गरेका थिए। घरदैलो कार्यक्रममा देखिएको उत्साहजनक जनसहभागिताले वडा नम्बर–१६ मा जनमत पार्टीप्रतिको आकर्षण र समर्थन तीव्र रूपमा बढिरहेको संकेत गरेको छ।

    स्थानीयहरूसँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार सरार्फले वर्षौंदेखि उपेक्षित क्षेत्रको वास्तविक विकास अब जनमत पार्टीबाट मात्रै सम्भव हुने दाबी गरे। उनले “अब भाषण होइन, काम गर्ने नेतृत्व चाहिएको छ” भन्दै निकास र विकासका लागि ‘हर्न’ छापमा मतदान गर्न सबै मतदातालाई एकताबद्ध हुन आह्वान गरे।

    कार्यक्रममा जनमत पार्टीका नेताहरू विध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सिए देवराज, दिनानाथ साह, सुनिल गुप्ता, सहनवाज राकि, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, तुलसी राम लगायतले जनमत पार्टीको एजेन्डा र आगामी कार्यदिशाबारे आ–आफ्ना धारणा राखेका थिए।

    घरदैलो कार्यक्रममा सयौं स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीयहरूका अनुसार अब परिवर्तनको विकल्प जनमत पार्टी मात्रै भएको भन्दै आगामी निर्वाचनमा ‘हर्न’ छापलाई भारी मतले जिताउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar