पारदर्शी र नागरिकमैत्री सेवा प्रदान गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

  • कालिका खवर
  • बुधबार, चैत्र १८, २०८२
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको स्थलगत निरीक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिएका हुन् ।

    साथै उनले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरबाट भइरहेको काम कारबाही सेवा, प्रवाह र अपराध अनुसन्धानका विषयमा जानकारी लिनुभएको परिसर प्रमुख एसएसपी थापाले बताए ।

    त्यस्तै एसएसपी थापाले काठमाडौँमा १३ सय भन्दा बढी सीसीटिभी रहेकोमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड पछि ९ सय ३७ वटा सीसीटिभी पुनः जडान भइसकेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar