पाँच बंगलादेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १७, २०८३
  • काठमाडौँ : काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सोमबार साँझ सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ।

    एपीएफ इन्टेलिजेन्स ब्युरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    नियन्त्रणमा पर्नेहरूमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बंगलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन्।

    रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्ने क्रममा नौ जना बंगलादेशी नागरिकका १४ थान राहदानी र ठूलो संख्यामा आर्थिक लेनदेन भएको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत फेला परेको छ।

    त्यसैगरी, नियन्त्रणमा परेका जाहिंगिर आलममाथि एक जना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको खुलेको छ। उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ।

    नियन्त्रणमा लिइएका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar