पालिकामा बजेट बढाउन र पालिकालाई कर उठाउने, कानून बनाउने व्यवस्था हटाउनुपर्ने आजपा नेता तुरहाको माग

  • कालिका खवर
  • आइतवार, चैत्र २९, २०८२
  • रौतहट । आम जनता पार्टी (आजपा) को रौतहट जिल्ला अध्यक्ष नरेश तुरहाले स्थानीय तहमा बजेट बढाउनुपर्ने बताएका छन् ।

    रौतहटको देवाहीगोनाहीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तुरहाले स्थानीय तह बजेट बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

    यदि वडा सदस्य हटाउने हो भने वडा अध्यक्षमा आरक्षणको व्यवस्था हुनुपर्ने उनले बताए । महिला, दलितहरुलाई वडा अध्यक्षमा आरक्षणको व्यवस्था गरेर वडा सदस्य हटाउन सकिने अध्यक्ष तुरहाले बताए ।

    `स्थानीय तहमा बजेट बढाउनुपर्छ । अहिलेको बजेटले स्थानीय तहको आवश्यकता पुराहुदैन । वडा सदस्य हटाउने तर वडा अध्यक्षमा महिला, दलितको आरक्षणको व्यवस्था गर्नुपर्ने हुन्छ,´ तुरहाले भने ।
    संविधान संशोधन गरेर स्थानीय तहमा पालिकाको निर्वाचन दलबिहिन गर्नुपर्ने र पालिकालाई प्रदेश मातहतमा राख्न आवश्यक रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar