पाल्पा–२ मा सामाजिक भरोसासहित डा. माधव थापा सक्रिय, घरदैलोमा बढ्दो समर्थन

  • कालिका खवर
  • बिहिबार, माघ २९, २०८२
  • पाल्पा । जारी आसन्न चुनावी माहोलका बीच पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाको सम्भावना बढ्दै गएको दाबी गरिएको छ। होमियोप्याथिक चिकित्सकका रूपमा करिब २० वर्ष सेवा गर्दै सामाजिक क्षेत्रमा राम्रो मूल्य र छवि बनाएका थापाले घरदैलो अभियानमा निस्कँदा स्थानीय जनताबाट सकारात्मक प्रतिक्रिया पाएको बताएका छन्।

    रास्वपाको लहरभन्दा पनि आफ्नो व्यक्तिगत छवि र सामाजिक विश्वासमै उनले बढी भरोसा राखेको बताइन्छ। अहिले उनी विभिन्न टोलबस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्वास्थ्य सेवा, स्थानीय अर्थतन्त्र सुदृढीकरण र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित एजेन्डाबारे छलफल गरिरहेका छन्। घरदैलोका क्रममा धेरै मतदाताले पार्टी र होहल्लाभन्दा पनि उम्मेदवारलाई व्यक्तिगत रूपमा बुझ्न चाहेको प्रतिक्रिया दिएको उनको टोलीको भनाइ छ।

    स्थानीय स्रोतका अनुसार यसअघि पटक–पटक निर्वाचित प्रतिनिधिहरूले अपेक्षित काम नगरेको भन्ने असन्तुष्टि देखिएको छ, जसका कारण नयाँ अनुहारप्रति मतदाताको चासो बढेको बताइन्छ। थापा लामो समयदेखि उपचार सेवा र सामाजिक सहयोगका गतिविधिमार्फत स्थानीयसँग नजिक रहँदै आएका कारण उनलाई मतदातासँग घुलमिल हुन सहज भएको उल्लेख गरिन्छ।

    डा. थापाले घरदैलो, सामाजिक सञ्जाल तथा व्यक्तिगत भेटघाटमार्फत चुनावी माहोल विस्तार गर्दै लगेका छन्। उनलाई सहयोग गरिरहेका अशोक कुँवरका अनुसार “यहाँ चुनावी अभियान जिततर्फ उन्मुख देखिन्छ, मतदाताको प्रतिक्रिया हाम्रो पक्षमा आएको छ।”

    पाल्पा–२ मा चुनावी प्रतिस्पर्धा बढ्दै जाँदा सामाजिक छवि र प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिएका थापाले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिने संकेत देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar