प्रतिनिधि सभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो : अध्यक्ष ओली

  • कालिका खवर
  • बुधबार, मंसिर २, २०८३
  • काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रतिनिधि सभालाई संवैधानिक नभएको जस्तो व्यवहार देखाएको बताएका छन् ।

    राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेलाबेला अदालतलबाट संसद सम्बन्धी आफूखुसी गरेको फैसलालाई स्वीकार्दै आएको औंल्याउँदै अहिले किन चुप भनेर अदालतप्रति प्रश्न गरेका हुन् ।

    उनले भने, ‘प्रतिनिधि सभाको विघटन सम्बन्धी सम्मानित अदालतबाट आफू अनुकुल फैसला भइरहेको देखेकै हो । हामीले स्वीकार्दै आएका हौं । अहिले सम्मानित प्रतिनिधि सभाको मुद्दा अदालतमा छ । तर अदालतले प्रतिनिधि सभा संबैधानिक होइन जस्तो गरेको छ । कुनै फैसला गर्दैन ।’

    अध्यक्ष ओलीले गत वर्षको तोडफोडलाई मान्यता दिनका लागि संवैधानिक बाटोबाट फागुन २१ गते निर्वाचनको मञ्चन गरिएको टिप्पणी गरे। सरकार अहिले अधोगतितर्फ गइरहेको उनको भनाइ छ ।

    उनले भने, ‘देशले अनेक प्रकारका उतारचढाव भोग्यो होला। तर गत वर्षजस्तो अनधिकृत, हिंसात्मक, आतंककारी, अलोकतान्त्रिक तरिकाबाट सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट, तोडफोडबाट लोकतन्त्र मास्ने, संविधान मास्ने र त्यसपछि ती क्रियाकलापहरूलाई मान्यता दिने खालका क्रियाकलापहरू, कामहरू नेपालको इतिहासमै भएका थिएनन्। त्यसलाई मान्यता दिनका लागि एउटा संवैधानिक बाटो निर्वाचनको मञ्चन पनि गरियो।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar