सातै प्रदेशका अधिवेशनमा सहभागी हुँदै देउवा

  • कालिका खवर
  • मङ्लबार, मंसिर १, २०८३
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्।

    कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै छ। प्रदेश अधिवेशनका क्रममा देउवा सातै प्रदेशमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ।

    देउवा पक्षको १५औं महाधिवेशन तयारी समितिको सचिवालयका संयोजक दीपक कुइकेलले प्रदेश अधिवेशनको तयारी भइरहेको बताए। सातै प्रदेशका अधिवेशनमा देउवा सहभागी हुने कार्यक्रम रहेको उनले बताए।

    देउवा पक्षले स्थानीय तह र जिल्ला अधिवेशन गरिसकेको छ। अहिलेसम्म ४६ जिल्लामा अधिवेशन भइसकेको जनाएको छ। त्यस्तै, देउवा पक्षले १४० वटा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको जनाएको छ।

    प्रदेश अधिवेशनपछि देउवा पक्षले महाधिवेशन गर्न लागेको छ। मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तय भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar