प्रधानमन्त्री कार्कीलाई चार राजदूतले भेट्दै

  • कालिका खवर
  • बिहिबार, अशोज ९, २०८२
  • काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीलाई युरोपेली संघ (ईयु) सहित चार राजदूतले भेट्ने भएका छन्। आज दिउँसो साढे २ बजे उनीहरूले शिष्टाचार भेटका लागि समय लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। भेट सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै हुनेछ।

    भेटमा ईयुका राजदूतका अलावा फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूत पनि हुनेछन्। जेनजी आन्दोलनसँगै भएको पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा विभिन्न मुलुकको चासो बढेको छ। भारत, अमेरिका र चीनका राजदूतले प्रधानमन्त्री कार्कीलाई यसअघि नै भेटिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar