प्रदेशमा सुशासन कायम गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता

  • कालिका खवर
  • शुक्रबार, बैशाख १८, २०८३
  • मकवानपुर : बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार देश, जनताप्रति जवाफदेही रहेको तथा प्रदेशमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

    सञ्चारकर्मीहरुसँग बिहीबार अपराह्न भएको सङ्क्षिप्त कुराकानीमा उहाँले राष्ट्रिय गौरवको आयोजना कार्यान्वयन गर्न सरकार इमान्दार रहेको बताए ।

    मुख्यमन्त्री बानियाँले दलीय स्वार्थ त्यागेर प्रदेश सरकारको नीति कार्यक्रम, बजेट, योजना बाँडफाँटलगायत दैनिक कार्य सम्पादनसम्बन्धी विषयको गाम्भीर्यलाई ध्यान दिएर जिम्मेवारपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar