नेपालमा सत्ताको कसी कठिन छ : चन्द्र भण्डारी

  • कालिका खवर
  • आइतवार, चैत्र २९, २०८२
  • काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा सत्ताको कसी कठिन अवस्थामा रहेको बताएका छन्। लोभी, ईर्ष्यालु र साँघुरो सोच भएका नेताका लागि सत्ता केवल द्वन्द्व भएको बताउँदै उनले यस्तो जिकिर गरेका हुन्। भण्डारीले अहिलेका नेताका लागि सत्ता केवल ऐनाजस्तो भएको जुन कुनै पनि बेला चकनाचूर हुन सक्ने भनाइ राखे।

    ‘नेपालमा सत्ताको कसी कठिन छ,’ उनले सामाजिक सञ्जालमा लेखे, ‘लोभी, ईर्ष्यालु र साँघुरो सोच भएका नेताका लागि सत्ता केवल द्वन्द्व हो—ऐनाजस्तो, जुन कुनै पनि बेला चकनाचूर हुन सक्छ। आजसम्म सत्ता सञ्चालकको तन्तुमा आवश्यक “पोषण”(ईमानदारी, दूरदृष्टि र उत्तरदायित्व)को कमीले सत्ता अपाङ्ग बनेको छ।’

    सत्ताको राप–तापमा विवेक गुम्दा विचौलियाले राज्य कब्जा गर्ने र ‘चोरी खान पल्केका ढाडे बिरालाहरू’ ले मुलुक लुट्ने गरेको उदाहरण दिए। परिणामतः नेताका परिवार बन्दी प्रत्यक्षीकरणको रिट बोकेर अदालत धाउन बाध्य हुने उनले बताए। यस कारण आफू परिवर्तनको प्रतीक्षामा रहेको पनि उनले उल्लेख गरे।

    उनले भने, ‘सत्ताको राप–तापमा विवेक गुम्दा विचौलियाले राज्य कब्जा गर्छन्, र ‘चोरी खान पल्केका ढाडे बिरालाहरू’ ले मुलुक लुट्छन्। परिणामतः नेताका परिवार बन्दी प्रत्यक्षीकरणको रिट बोकेर अदालत धाउन बाध्य हुन्छन्। प्रतीक्षा-परिवर्तनको। शुभकामना।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar