नेपाल वायुसेवा निगमले थप कर्मचारी कटौती गर्‍यो

  • कालिका खवर
  • बुधबार, कार्तिक २६, २०८२
  • काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक उडानको संख्या र स्टेशनको अवस्थालाई ध्यानमा राख्दै थप कर्मचारी कटौती गरेको छ।

    निगमले सञ्चालनमा रहेका आन्तरिक स्टेशनहरूको अवस्था र उडान संख्यालाई मध्यनजर गर्दै करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत ६ जना कर्मचारीको सेवा मंगलबार (कात्तिक २५) देखि अन्त्य गरिएको जानकारी दिएको छ।

    निगमका अनुसार, यो निर्णय चुस्त–दुरुस्त सञ्चालन सुनिश्चित गर्न र बदलिँदो परिस्थितिसँगै आर्थिक दायित्व घटाउने उद्देश्यले गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar