नेपाल राष्ट्र बैंकले साढे २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

  • कालिका खवर
  • सोमवार, कार्तिक १७, २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६९ करोड रुपैयाँ मुद्दती निक्षेपका रूपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने निर्णय गरेको छ।

    उक्त रकम ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ८ करोड, ‘ख’ वर्गका विकास बैंकमा ३९ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा १३ करोड रुपैयाँ विभाजित गरिनेछ।

    निक्षेप २०२५ नोभेम्बर ९ देखि २०२६ अक्टोबर ९ सम्म ३३६ दिनका लागि राखिने छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले कात्तिक १८ गते साँझ ७ बजेसम्म आफूले चाहेको लगानी रकम र प्रस्तावित ब्याजदरका साथ बोलकबोल पेश गर्न सक्नेछन्।

    राष्ट्र बैंकले निक्षेपको ब्याज मासिक रूपमा भुक्तानी गर्नुपर्ने पनि जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar