नेपाल एसबिआई बैंकको नाफा ३८.४३ प्रतिशतले घट्यो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दोहोरो अंकले घटेको छ। बैंकले तीन महिनामा ५० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    गत वर्षको सोही अवधिमा बैंकले ८१ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस आधारमा बैंकको नाफा ३८.४३ प्रतिशतले घटेको नेपाल एसबिआई बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ।

    नाफासँगै बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ। गत आवको असोज मसान्तसम्म १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्ने बैंकले यस अवधिमा १ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ।

    यस्तै बैंकको सञ्चालन मुनाफा गत वर्षको १ अर्ब २१ करोड ३० लाख रुपैयाँबाट घटेर यस वर्षको पहिलो त्रैमासमा ७१ करोड ५७ लाख रुपैयाँमा झरेको छ।

    यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) २९ रुपैयाँ ९० पैसाबाट घटेर १८ रुपैयाँ ४१ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ १६ पैसा रहेको छ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा (NPL) दर १.८४ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ।

    नेपाल एसबिआई बैंकको चुक्ता पूँजी १० अर्ब ८९ करोड ९१ लाख रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ र रिजर्भ कोषमा ८ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ।

    सोही अवधिमा बैंकले १ खर्ब ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar