नेकपा एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी

  • कालिका खवर
  • बिहिबार, पुस ३, २०८२
  • काठमाडौं । नेकपा (एमाले)को सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । सम्पन्न निर्वाचनमा ९ सचिव पदका लागि भएको प्रतिस्पर्धामा अध्यक्ष ओलीको प्यानलका सबै उम्मेदवार विजयी भएका हुन् ।

    मतपरिणामअनुसार सचिव पदमा सबैभन्दा बढी मत ल्याउनेमा महेश बस्नेत रहनुभएको छ । उहाँले १,५४४ मत प्राप्त गरी शीर्ष स्थानमा विजयी हुनुभयो । दोस्रो धेरै मतसहित पद्माकुमारी अर्याल विजयी हुनुभयो । उहाँले १,५३० मत प्राप्त गर्नुभयो ।

    तेस्रो स्थानमा छविलाल विश्वकर्मा रहनुभएको छ । उहाँले १,५०६ मत ल्याउनुभयो । यसैगरी सचिव पदमा शेरधन राई १,५०३, हिक्मतकुमार कार्की १,३३७, खगराज अधिकारी १,२३१, यामलाल कंडेल १,१८५, राजन भट्टराई १,१८१ र भानुभक्त ढकाल १,१०८ मतसहित विजयी हुनुभएको छ ।

    सचिव पदमा अध्यक्ष ओलीको प्यानल नै विजयी भएपछि पार्टीभित्र नेतृत्वको पकड थप मजबुत भएको विश्लेषण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar