मुख्यमन्त्रीले विश्वासको मत लिन मधेस प्रदेश सभा बैठक सुरु

  • कालिका खवर
  • मङ्लबार, अशोज २८, २०८२
  • जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक सुरु भएको छ । मंगलबारको बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने कार्यक्रम छ । दिउँसो १ बजेदेखि बस्ने भनिएको प्रदेश सभाको बैठक केही ढिलो गरी सुरु भएको हो ।

    विभिन्न दलबिच छलफल गर्नुपरेकाले बैठक समयमै सुरु हुन नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ । यसैबिच, जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश सभा सचेतक रामअशिष यादवले विपक्षी दलहरू विश्वासको मतका सम्बन्धमा तटस्थ बस्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar