मुक्तिनाथ विकास बैंकको नाफामा दोहोरो अंकको गिरावट, वितरणयोग्य नाफामा उछाल

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडको नाफामा दोहोरो अंकको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार, बैंकको खुद नाफा २०.२४ प्रतिशतले घटेको हो ।

    समीक्षा अवधिमा बैंकले २२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा भएको २८ करोड १८ लाख रुपैयाँको तुलनामा उल्लेखनीय रूपमा कम हो ।

    नाफामा गिरावटसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ । समीक्षा अवधिमा यो २ रुपैयाँ २४ पैसा घट्दै १२ रुपैयाँ ७६ पैसामा झरेको छ ।

    तर, बैंकको वितरणयोग्य नाफामा भने ठूलाे उछाल देखिएको छ । चालु त्रैमासमा वितरणयोग्य नाफा ९४.७१ प्रतिशतले बढ्दै १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३८ पैसा रहेको छ ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.८९ प्रतिशतले घटेको छ । यस्तै, कुल सञ्चालन आम्दानी ५.७२ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा भने २०.३७ प्रतिशतले घटेको देखिन्छ ।

    असोज मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ २ पैसा र मूल्य आम्दानी अनुपात ३४.१३ गुणा रहेको छ ।

    ७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको मुक्तिनाथ विकास बैंकको जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ । यस अवधिसम्म बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar