मन्त्री शाहीद्वारा कार्यसम्पादन प्रतिबद्ध रूपमा कार्यान्वयन निर्देशन

  • कालिका खवर
  • बिहिबार, भदौ १२, २०८२
  • काठमाडौँ, १२ भदौ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मातहतका विभागीय प्रमुखलाई कार्यसम्पादन प्रतिबद्ध रूपमा कार्यन्वयन गर्न निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षको कार्यसम्पादन सम्झौतापछि आज उहाँले प्रतिबद्ध भएर कार्यन्वयन गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिनुभएको हो ।

    मन्त्री शाही र सचिव डा राजेन्द्रप्रसाद मिश्रबीच तथा सचीव र विभागीय प्रमुख महाशाखा प्रमुखबीच आज कार्यसम्पादन सम्झौता भएको हो । “प्रधानमन्त्रीसँग सम्झौता भएको कार्यसम्पादन कार्यन्वयन गर्न म प्रतिबद्ध रूपमा लाग्ने छु, “मन्त्री शाहीले भन्नुभयो, “मन्त्रालय र हामीबीच भएको कार्यसम्पादन सम्झौता कार्यन्वयन गर्न तपाईंहरू पनि कटिबद्ध भएर लाग्नुस् ।” आगामी कार्यसम्पादनको मुल्याङ्कन ९० प्रतिशत अङ्कभार प्राप्त गर्ने गरी कार्यन्वयनमा लाग्न मन्त्री शाहीले सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिनुभयो ।

    उहाँले वन मन्त्रालयमार्फत एक वर्षमा उपलब्धिमूलक काम भएका बताउँदै मन्त्रालयलाई सफल र सक्षम बनाउन विभागीय प्रमुखको महत्त्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो । मन्त्री शाहीले भन्नुभयो, “राम्रो काम गर्नेलाई पुरस्कृत गरौँ । काम गर्ने क्रममा बाधाअड्चन वा समस्या देखिए एकापसमा छलफल गरी समाधान निकालौँ ।” उहाँले सुखी नेपाली समृद्धि नेपालको परिकल्पनासहित जनताका चाहनाअनुसार विकास निर्माणमा सबैले हातोमालो गरी अघि बढ्न आग्रह गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar