मन्त्री र सचिवसँग प्रधानमन्त्रीले मागिन् कार्यप्रगति

  • कालिका खवर
  • सोमवार, कार्तिक १७, २०८२
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएयता भएगरेका कामहरुको मन्त्री र सचिवहरुसँग कार्यप्रगति विवरण मागेकी छन् । सोमबार सिंहदरवारमा मन्त्री र सचिवहरुलाई बोलाएर प्रधानमन्त्रीले कार्यप्रगति विवरण मागेकी हुन् ।

    ‘बैठक सिंहदरबारमा जारी छ । सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्दैछन्’, प्रधानमन्त्री कार्कीको सचिवालयले भन्यो, ‘मन्त्री र सचिवहरुसँग प्रधानमन्त्रीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन समेत दिनुहुनेछ ।’

    जेनजी आन्दोलनबाट केपी ओली नेतृत्वको सरकार विस्थापित भएपछि गत भदौ २७ गते कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने प्रमुख म्यान्डेट कार्की नेतृत्वको सरकारले पाएको छ । प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालको ५० दिनपछि कार्यप्रगतिका लागि मन्त्री र सचिवहरुको बैठक बोलाएकी हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar